काठमाडौं : बेल्जियमलाई २-० गोलको नतिजामा पराजित गर्दै मोरक्कोले कतारमा जारि फिफा विश्वकप अन्तर्गत समूह ‘एफ’ मा पहिलो जित निकालेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३औं मिनेटमा साबिरीले गोेल गर्दै मोरक्कोको जित पक्का गरेका थिए ।
पहिलो खेलमा साविक उपविजेता क्रोयसियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको मोरक्कोले जितसँगै समूह ‘एफ’ मा दुई खेलबाट ४ अंक जोडेको छ ।
बेल्जियमले पहिलो खेलमा क्यानाडालाई १–० गोलको नतिजामा पराजित गरेको थियो । आजको खेल जितेको खण्डमा बेल्जियम एक खेल अगावै प्रि–क्वार्टरफाइनल प्रवेश गर्ने समिकरण रहेको थियो ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?