विश्वकपः क्यामरुनसँग बराबरीमा रोकियो सर्विया

काठमाडौं :  कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ मा सर्विया क्यामरुनसँग ३–३ गोलको बराबरीमा रोकिएको छ ।

अल जानोउब रंगशालामा सम्पन्न रोमाञ्चक खेलको २९औं मिनेटमा जिन कार्लेसले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा स्ट्राहिन्जा पाब्लोभिकले बराबरी गोल फर्काएका थिए । त्यसको एक मिनेट नबित्दै सर्जेज मिलिनकोभिकले गोल गर्दै सर्वियालाई २–१ को अग्रता दिलाए ।

खेलको ५३औं मिनेटमा एकेक्सानेडर मिट्रोभिकले सर्वियाका लागि तेस्रो गोल गरे ।

दुई गोलले पछि परेपछि केहि आक्रामक शैलीमा प्रस्तुत भएको क्यामरुनका लागि खेलको ६३औं मिनेटमा भिन्सेन्ट एबोउबाकरले दोस्रो गोल गरे । त्यसको तीन मिनेट नबितेदै इरिक माक्सिम चोउप माटिङले क्यामरुनका लागि उत्कृष्ट बराबरी गोल फर्काए ।

रोमाञ्चक बराबरीसँगै क्यामरुन र सर्वियाले ले समूह ‘जी’ मा एक÷एक अंक जोडेका छन् । पहिलो खेलमा क्यामरुन स्विट्जरल्यान्डसँग १–० गोलको नतिजामा हारेको थियो ।

सर्विया ब्राजिलसँग २–० गोलको नतिजमा पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?