लगातार दोस्रो जित निकाल्दै ब्राजिल अन्तिम १६ मा

काठमाडौं : क्यासिमिरोको निर्णायक गोलमा स्विजरल्याज्डलाई १–० गोलको नतिजमा पराजित गर्दै ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ मा एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ ।

लगातार दोस्रो जित निकाल्दै दोस्रो चरणमा पुग्ने क्रममा सोमबार राति ब्राजिलले स्विट्जरल्यान्डलाई १-० गोलले पराजित गर्‍यो।ब्राजिलको जितमा कासेमिरोले गरेको गोल निर्णायक सावित बन्यो।

उनले खेलको ८३ मिनेटमा गोल गरेका थिए। रोद्रिगोले उपलब्ध गराएको पासमा उनले गोल गरेका थिए।

समूह ‘जी’ मा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि पहिलो खेलमा सर्वियालाई हराएको थियो।

समूहमा तीन अंक जोडेको स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ।

एक एक अंक जोडेका क्यामरुन र सर्बिया क्रमश: तेस्रो  र चौथो स्थानमा छन्।

अब अन्तिम चरणमा ब्राजिल र क्यामरुन तथा स्विट्जरल्यान्ड र सर्बिया भिड्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?