भारतबाट घटेर आयो पेट्रोलको मूल्य

काठमाडौं : इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर पठाएको छ । डिसेम्बर १ मा पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको हो ।

नेपाल आयाल निगमका अनुसार पेट्रोल प्रतिलिटर २.३८ रुपैयाँ, डिजेल ११.२६ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६ रुपैया र मटिट्तेलमा प्रतिलिटर ८० पैसा घटेर आएको हो।

नयाँ मूल्य समायोजनपछि आगामी १५ दिनमा निगमलाई ५३ करोड नाफा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?