
भक्तपुर : नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
आइतबार बिहान शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।
बास्कोटाको घर अगाडि आज बिहान बमजस्तो शंकास्पद बस्तु भेटिएपछि स्थानीयले खबर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?