देव गुरूङ भन्छन् : गठबन्धन तोड्ने वा फोड्ने कुरा भएको छैन

काठमाडौं : नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले गठबन्धन तोड्ने वा फोड्ने कुरा नभएको बताएका छन्  । केन्द्रको पदाधिकारी बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल भएको बताउदै उनले अहिले गठबन्धन तोड्ने वा फोड्ने कुरा नभएको बताएका हुन् ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पदाधिकारी बैठक चुनावी समीक्षामा केन्द्रित रह्यो।उनले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बनाउने पहिलो प्रयास रहने बताएका छन्।

गुरूङका अनुसार सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक सोमबार बस्ने तय भएको छ। उक्त बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल हुनेछ।

उनले गठबन्धनको विकल्प पार्टीले अहिले नै नखोजेको र गठबन्धनबाट नै नयाँ सरकार बनाउन माओवादीको पहिलो प्रयास भएको बताए।

शनिबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता कृष्णबहादुर महराले नयाँ सरकार बनाउन सबै विकल्पमा पार्टी खुला रहने बताएका थिए। तर महासचिव गुरूङले भने अहिले गठबन्धनबाहेक अन्य केही विकल्पमा छलफल नगरिएको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?