सिके राउतले गरे राष्ट्रपतिसँग भेटवार्ता

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

मङ्गलवार राष्ट्रपति कार्यालय पुगेर अध्यक्ष राउतले भण्डारीसँग भेटवार्ता गरेका हुन्।

राष्ट्रपतिसँग शिष्टाचार भेटघाटमा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल भएको उनले बताएका छन्।

सप्तरी २ बाट निर्वाचित राउतले चुनावको अन्तिम नतिजा आउनुअघि नै अधिकांश राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?