पेनाल्टी सुटआउटमा पराजित हुँदै स्पेन बाहिरियो, मोरक्को क्वार्टरफाइनलमा

पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। मंगलबार राति एजुकेसन सिटी रंगशालामा भएको  खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा गोल ३–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

नाल्टीमा मोरक्कोका लागि अब्देलामिद साबेरी, हाकिम जियाज र आर्चिफ हाकिमीले गोल गरे । यता स्पेनका लागि पाब्लो साराबिया, कालोर्स कोलेर र सर्जियो बुस्केटले पेनाल्टी मिस गरे । यसअघि खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

दुई टोलीबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिँदा अतिरिक्त समयमा थपिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले गोलरहित बराबरी खेल्दा खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?