धनगढी : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बिहीबार धनगढी पुगेका छन् । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा धनगढी पुगेका हुन् ।
उनले महोत्सव उद्घाटन गरेका छन् । सो अवसरमा देउवालाई आयोजकले १५ किलोको माला लगाइदिएका छन् ।
प्रधानमन्त्री देउवा हालसम्म लडेका सबै चुनाव (सातपटक) जित्ने एक्ला नेता हुन् । उनी ४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा डडेल्धुराबाट विजयी भएका थिए ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा होत्सवको भएकाे हाे ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा आयोजना गरिएको महोत्सव उद्घाटन कार्यक्रममा श्रममन्त्री शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री त्रिलोचन भट्ट, राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्र, प्रतिनिधि सभा सदस्य दिल्लीराज पन्त, तारा लामा तामाङ, प्रदेशका मन्त्रीहरू सहभागी छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?