काठमाडौं : नेपाली कांग्रेसले समानुपातिक तर्फको ३२ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। समानुपातिक सांसदको सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नीको नाम पनि समावेश भएको छ।.
महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजू देउवा राणा र गृहमन्त्री खाणकी पत्नी मञ्जु सांसद भएकी हुन्। प्रधानमन्त्री र गृहमन्त्री दुवैको पत्नी समानुपातिकमा अटेपछि कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ।
पत्नी मञ्जु समानुपातिकबाट संसद् प्रवेश गरे पनि गृहमन्त्री खाण निर्वाचनमा पराजित भए। तर, प्रधानमन्त्री देउवा र उनको पत्नी आरजू संसद्मा देखिँदैछन्।
देउवाले गोपालमान श्रेष्ठलाई ल्याउन खोजेका थिए। तर, संस्थापन इतर पक्षले अडान नछाडेपछि सह महामन्त्री समेत रहेका परियारले अवसर पाएका थिए।
प्रत्यक्षमा ५७ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको थियो। ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले कांग्रेसले ३ जना मात्रै पुरुष पठाउन बाध्य भएको थियो।
नेपाल प्रेस








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?