अध्यादेशको विप्लवले गरे स्वागत

काठमाडौं : गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता  लिने गरी सरकारले ल्याएको अध्यादेशको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द विप्लवले स्वागत गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दैै उनले आफ्नो पार्टीसँगको समेत परामर्शमा अध्यादेश आएको उल्लेख गरेका छन् ।

‘हाम्रो पाटीसंगको छलफल एवं सहमतिको मर्म अनुरुप सरकारले आफ्नो जिम्मेवारी स्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य कुरा हो,’ विप्लवले भनेका छन्, ‘जसलाई हाम्रो पार्टीले सकारात्मक रुपले लिँदै धन्यवाद दिन चाहन्छ ।’

हेर्नुहोस् विज्ञप्ति:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?