फिफा विश्वकप २०२२: क्राेएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाईनलमा

सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना आठ वर्षपछि फिफा विश्वकपको फाइनलमा पुगेको छ।

लुसेल रंगशालामा मंगलबार राति भएको खेलको ३४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै कप्तान लियोनेल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजमाथि फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।

त्यसको ५ मिनेट नबित्दै अल्भारेजले गरेको गोलसँगै अर्जेन्टिनाले पहिलो हाफमा २-० को अग्रता लिएको थियो। दोस्रो हाफमा मेसीले बाइ लाइन नजिकबाट दिएको पासलाई ६ यार्ड बक्स भित्र अन्मार्क्ड रहेका अल्भारेजले गोलमा परिणत गर्दै अर्जेन्टिनाका लागि ३-० को जित सुनिश्चित गरे।

अर्जेन्टिनाले फाइनलमा उपाधिका लागि फ्रान्स र मोरक्कोबीच भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?