काठमाडौं : राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।
नेपाल क्रिकेट सङ्घ ९क्यान०का अनुसार प्रभाकरले आज बिहीवारदेखि लागू हुने गरि राजीनामा दिएको जनाएको छ ।
मुख्य प्रशिक्षकले दिएको राजीनामा स्वीकृत गरेको पनि क्यानले जनाएको छ ।
तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गएको साउनमा क्यानले एक वर्षको सम्झौता गर्दै प्रभाकरलाई नियुक्त गरेको थियो । तर सम्झौताअघि नै प्रभाकरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?