विपन्न वर्गका विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण

लमजुङ  : श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल गण्डकी लुम्बिनी संयुक्त प्रदेश समितिको सहयोग र श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला समिति लमजुङको आयोजनामा विपन्न वर्गका विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री  वितरण गरेको छ।

जिल्लाको बेसीशहर नगरपालिका- १ स्थित देवि सदन प्राथमिक विद्यालयमा अध्यानरत गरिब तथा अतिविपन्न वर्गका कुल २० जना विद्यार्थीलाई  झोला र शैक्षिक सामग्री वितरण गरिएको हो ।

बेसीशहर नगरपालिका- १का वडाध्यक्ष  दुर्गा बहादुर बुढाथोकीले “जहाँ विपत त्यहाँ श्रीकृष्णप्रणामी युवा परिषद्” भन्ने मुल नारालाई आत्मासाथ गर्दै देशै भर परिषद्ले  दुखी,गरिब, पिछडिएका वर्ग,अल्पसंख्यक ,विपन्न वर्गमा पुर्याएको योगदान अनुकरणीय रहेको वताए।

यसैगरी ,श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी लुम्बिनी सयुक्त प्रदेशका अध्यक्ष युवराज बरालले परिषद्ले प्रदेशका विभिन्न जिल्लामा रहेका वृद्ध आश्रमका बृद्ध, अपांगता भएका व्यक्तिहरु, लोपोन्मुख समुदायलाई रहात वितरण गरि लक्षित समुदायलाई निशुल्क स्वास्थ्य सिविर, सचेतना सम्वन्धी तालिम तथा प्रशिक्षण ,रक्तदान,लत्ताकपडा वितरण ,वृद्धआश्रममा भोजनको व्यवस्था गरिदै आएको बताए ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी लुम्बिनी संयुक्त प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश सदस्य महेन्द्र अधिकारी ,श्रीकृष्ण प्रणामी धर्म सेवा समितिका लमजुङका अध्यक्ष आनन्द प्रसाद ढुंगाना आबुखैरेनी मन्दिर संचालक समितिका अध्यक्ष ढलक बहादुर अधिकारी ,देवि सदन प्राथमिक विधालयका प्र.अ. होमनाथ अधिकारी ,नयाँगाउँ मन्दिरका संरक्षक दयाराम अधिकारी र  समितिका सदस्य आशा गुरुङले लगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?