काठमाडौं : कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवविरुद्ध महामन्त्री गगन थापा लड्ने भएका छन् । काठमाडौंको एक होटलमा आज बसेको बैठकले गगनलाई दलका नेताका रूपमा अगाडि बढाउने सहमति गरेको हो ।
भावी प्रधानमन्त्रीमा थापालाई शेखर कोइरालाले प्रस्ताव गर्ने भएका हुन् । कोइरालाले पनि यसअघि दाबी गर्दै आएका थिए । इतरसमूहमा लामाे प्रयासपछि थापाकाे नाममा सहमति जुटेकाे हाे ।
कांग्रेस दलको निर्वाचनका लागि आज दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । भोलि निर्वाचन हुनेछ । संस्थापन पक्षबाट देउवाले नै आकांक्षा उम्मेदवार हुनेछन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?