दमौली : तनहुँको व्यास नगरपालिका –३ स्थित विपी वनवाटिका खेलमैदानमा जारी दोस्रो दोभान एवं प्रथम राजेन्द्र स्मृति कप फुटबल प्रतियोगितामा ३९ जिटीसी गोरखा ट्रेनिङ सेन्टर बनारस र गन्नी एफसी पोखराबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिता अन्तर्गत आज दोभान युवा क्लव (ए) र ३९ जिटीसीबीच भएको पहिलो सेमिफाइनलमा दोभान युवा क्लव (ए)लाई १-० ले पराजित गर्दै ३९ जिटीसी फाइनलमा प्रवेश गरेका हुन् ।
अलस्टार युवा क्लव आँबुखैरेनी र गन्नी एफसीबीच भएको भएको दोस्रो सेमिफाइनल खेलमा अलस्टार युवा क्लवलाई ३ -१ ले पराजित गर्दै गन्नी एफसी फाइनलमा प्रवेश गरेको छ ।
व्यास-१ दोभान युवा क्लवद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल दिउँसो २ बजे हुँदैछ ।
प्रतियोगितामा विजेताले नगद दुई लाख ५ हजार ५ सय ५५ र उपविजेताले १ लाख १५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्नेछन् ।त्यस्तै उत्कृष्ट खेलाडीलाई रु ७ हजार पाँच सय, उत्कृष्ट गोलरक्षकलाई रु पाँच हजार पाँच सय र सर्वाधिक गोलकर्तालाई रु पाँच हजार म्यान अफ दि म्याच १५ सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?