पुस १३ गतेदेखि पोखरा सडक महोत्सव हुँदै

पोखरा : अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा २४ औैं पोखरा सडक महोत्सव हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले विगतका वर्षहरुको जस्तै यो वर्ष पनि पोखराको पर्यटन प्रवद्र्धनका लागि महोत्सव गर्न लागेको हो ।

पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा वाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा गन्तव्यको रुपमा पर्यटन प्रवद्र्धन उद्देश्यले पुस १३ गतेदेखि १७ गतेसम्म पोखरा लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव गर्न लागिएको बताए । उनले सडकमा नै खाऔं सडकमा नै रमाउँ भन्ने उद्देश्यले महोत्सव हरेक वर्ष भइरहेको बताए ।

 पोखरा सडक महोत्सवमा साँस्कृतिक कार्यक्रम,मौलिक भेषभुषा प्रदर्शन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन,दोहोरी गीत प्रतियोगिता,झाँक्री प्रदर्शन,रात्रीकालिन कन्सर्ट,बोट रेस र पोखराका प्रमुख गन्तव्य सहितको डमुमेन्ट्री प्रदर्शन गर्ने बताए । उनले पोखरा सडक महोत्सव पाँच दिनसम्म हुने जानकारी दिए ।

उनले पोखरा सडक महोत्सवले कोरोना महामारीको कारण सिथिल बनेको पर्यटन क्षेत्र अब पर्यटनमैत्री बन्ने विश्वास रहेको बताए ।

त्यस्तै,रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) का केन्द्रिय अध्यक्ष अरनिको राजभण्डारीले पछिल्लो समय देखिएको व्यापारी मन्दीलाई महोत्सवले सहयोग पुर्याउने बताए ।

उनले सडक महोत्सवले स्थानीय उत्पादनलाई बजार प्रवद्र्धन गर्ने बताए ।

उनले व्यापार र पर्यटन प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रलाई सहयोग गर्न जरुरी रहेको बताए । उनले हरेक क्षेत्रमा निजी क्षेत्र अगाडि आएको देश नै विकसित हुने भन्दै यस्ता सडक महोत्सव नेपालका सबै स्थानमा गर्न सरकारले सहयोग गर्न आवश्यक रहेको बताए ।

तस्बिर : फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?