
काठमाडौं : चार मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित संघीय संसद् प्रतिनिधिसभाका सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। संसद्का ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सांसदहरुलाई शपथ गराएका हुन्। प्रतिनिधि सभामा २७५ जना सांसद छन्।
सांसदका रूपमा कामकारबाही गर्नुभन्दा पहिले शपथ लिनुपर्ने व्यवस्था संविधानमा छ।
संसदमा ८९ जना सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो। ७८ सांसदसहित नेकपा एमाले दोस्रो ठूलो दल हो भने नेकपा माओवादी केन्द्रबाट ३२ जना सांसद छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० जना, राप्रपाबाट १४ जना, नेकपा एकीकृत समाजवादीका १० जना, जसपाका १२ जना, जनमत पार्टीका ६ जना जना, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना, लोसपाका ४ जना, स्वतन्त्र ५ जना, राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ जना सांसद छन्।
विभिन्न १४ भाषामा २५ जना सांसदले शपथ लिएका थिए। अरूले नेपाली भाषामा शपथ लिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?