दमौली : दोस्रो दोभान एवं प्रथम राजेन्द्र स्मृति कप फुटबल प्रतियोगिताको उपाधि गन्नी एफसी पोखराले हात पारेको छ । व्यास नगरपालिका -३ विपी वनवाटिकाको खेल मैदानमा बिहिवार भएको फाइनल खेलमा ३९ जिटीसी गोरखा ट्रेनिङ सेन्टर बनारसलाई १–० गोलले पराजित गर्दै दोस्रो दोभान एवं प्रथम राजेन्द्र स्मृति कपको उपाधि जितेको हो ।
व्यास नगरपालिका-१ स्थित भादगाउँ दोभान युवा क्लवद्धारा आयोजित प्रतियोगिताको उपाधिसँगै गन्नी एफसीले नगद २ लाख ५ हजार ५ सय ५५ हात पारेको छ भने ३९ जिटीसीले १ लाख १५ हजार ५ सय ५५ मा चित्त बुझायो ।
गन्नी एफसीका मनोज गुरुङ म्यान अफ दी म्याच घोषित भए। उनले नगद ५ हजार प्राप्त गरेको छ ।
विभिन्न जिल्लाका ३७ टोलीको सहभागिता रहेको प्रतियोगितामा खेल अवधिभर ५ गोल गर्दै सर्वाधिक गोलकर्ता दोभान युवा क्लबका यक्कु मगर , उत्कृष्ट गोल किपर ३९ जिटीसीका विजेश सिं र अनुसाशित टिमको रुपमा डील्याण्डा युथ क्लब घोषित भए।
सर्वोत्कृष्ट खेलाडी गन्नी एफसीका सन्दिप राना मगर ठहरिए ।
उक्त प्रतियोगिताको विजेताहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पुरस्कार प्रदान गरे।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?