लिङदेनले थप शपथ लिदै भने : भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो

काठमाडौं : राष्ट्रिय प्रजातन्त पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन थप शपथ लिएका छन् । बिहीवार संसद् भवनमा सांसद पदको शपथ दिने क्रममा उनले थप शपथ लिएका हुन् । संविधानमा व्यवस्था भएको भन्दा पनि उनले थप शपथ लिएका हुन् ।

उनले आफूले थप शपथ लिएको सामाजिक सञ्जालबाट जानकारी दिँदै शपथको व्यहोरा समेत सार्वजनिक गरेका छन् । उनले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ भन्ने व्यहोराको शपथ लिएका हुन् ।

उनले लेखेका छन् : ‘अघिल्लो कार्यकालझैं आज पनि निर्धारित शपथका अतिरिक्त थप शपथ सहित प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण कार्यक्रममा सहभागी भइयो । फरक अघिल्लो कार्यकालमा म एक्लै थिएँ अहिले चौध जना । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’,।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?