
दमौली : तनहुँको व्यास नगरपालिकाले आफ्नो ३८ औं नगरसभामा विविध बिषयका ६ विधेयक पेश गरिने भएको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहिबार बसेको बैठकले ६ विधेयक पेश गरिने भएको प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।
नगरसभामा पेश गर्ने विधेयकहरुमा व्यास नगरपालिका सवारी तथा यातायात व्यवस्थापन विधेयक, व्यास नगरपालिका वन विधेयक, व्यास नगरपालिका योजना आयोग (गठन तथा सञ्चालन) विधेयक, व्यास नगरपालिका संघ संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक, व्यास नगरपालिका वातावरणीय तथा प्राकृतिक श्रोत संरक्षण विधेयक, व्यास नगरपालिका स्वास्थ्य विधेयकहरु रहेका छन् ।
त्यसैगरी बैठकले व्यास नगरपालिकाको सरसफाई एवं आधुनिक कृषि व्यवस्थापन केन्द्र स्थापनाका लागि व्यास नगरपालिका वडा नं १३ स्थित श्री युगिन कृषि फर्म प्रा.लि.को नाउँमा रहेको करिब ४० रोपनि जग्गा प्रस्ताव आएकाले स्थानीयहरुसंग छलफल एवं समन्वय गरि खरिद प्रकृया अघि बढाउने निर्णय गरेको छ ।
नगरसभा पुस २८ र २९ गते हुदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?