काठमाडौं : सिरियल किलर चार्ल्स सोभराजले नेपालबाट जेलमुक्त भएसँगै धेरैलाई मुद्दा हाल्ने बताएका छन् । उनी करिब २० वर्षपछि शुक्रबार नेपालको केन्द्रीय कारागारबाट थुनामुक्त भएर विमानस्थल पुगेपछि यस्तो बताएको एएफपीले उल्लेख गरेको छ ।
शोभराजको भनाइलाई उद्धृत गर्दै एएफपीले लेखेको छ, ‘मलाई राम्रो लागेको छ । मैले धेरै गर्नुछ । मैले नेपाल सरकारसहित धेरैलाई मुद्दा चलाउनु छ ।’
सन् २००३ देखि नेपालमा क्यानेडियन र अमेरीकी नागरिकको हत्या आरोपमा सजाय भोगिरहेका ७८ वर्षीय शोभराजलाई सर्वोच्च अदालतले वुधबार थुनामुक्त गरेर उनकै देश पठाउन आदेश जारी गरेको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?