गठबन्धन कायम रहन सकेन : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धन टुटेको बताएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा भएको बैठकमा अब गठबन्धन नरहने जानकारी दिँदै बाहिरिएको कांग्रेस नेता पौडेलले बताए।

विगत दुई वर्षदेखि  कायम रहेको पाँच दलीय गठबन्धन अब नरहेको पौडेलको भनाइ छ। उनले आज बालुवाटारमा प्रचण्डले आफूलाई कांग्रेसले धोका दिएको पनि बताएको छ ।

विगत केही दिनयता कांग्रेस नेता पौडेल गठबन्धन जोगाउन दौडधुप गरिरहेको थिए। पौडेलले गठबन्धन देशको आवश्यकता रहेको भन्दै त्यो आफूहरुका हातमा नरहेको प्रतिक्रिया दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?