आयोजक सहारा धरानसँग पराजित

पोखरा : धरान फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गरेको छ ।पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पाखा लगाउदै धरानले अन्तिम ८ मा प्रवेश गरेको हो ।

धरानको जीतमा प्रकाश बुढाथोकीले खेलको पाँचौं मिनेटमा निर्णायक गोलको योगदान दिए । टिमले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै गोल गरेका थिए ।पोखरामा जारी प्रतियोगितामा भोलि चर्च व्याइज र नेपाल पुलिसबीच खेल हुनेछ ।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?