
पोखरा : अंग्रेजी नयाँ वर्षको लागि पोखरामा पर्यटक भरिभराउ भएका छन् । नयाँ वर्ष र सडक महोत्सवका कारण पोखरामा पर्यटकहरुको भरिन थालेका हुन् ।
अंग्रेजी नयाँ वर्ष मनाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक पोखरामा गएका हुन् । नयाँ वर्षको स्वागतार्थ रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) ले पोखरा सडक महोत्सव पनि आयोजना गरेको छ । रेवानले डिसेम्बर २८ गतेदेखि जनवरी १ तारिखसम्मै (पुस १३ देखि १७ गतेसम्म) महोत्सव आयोजन गरेको हो ।
नयाँ वर्ष र सडक महोत्वस भएको कारणले पनि पोखरा पर्यटक धेरै आउने गरेका छन् । अहिले सानादेखि ठूलासम्म अधिकांस होटलहरु भरिएका हुन् ।
पोखराका धेरै स्टार लेवलका होटलको बुक भइसकेका छन् । ४० हजार बेढ सक्षता रहेका होटल मध्य साना होटलहरु भने केही खाली छन् । सडकबाट भित्र भएका र साना होटलहरुमा पर्यटकको चहलपहल कम रहेको पोखराका होटल व्यवसायीहरु बताउछन् ।
पोखरामा अहिले लेकसाइडका होटलहरुमा सबैभन्दा धेरै चाप रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकमो रोजाइमा लेकसाइडका होटलहरु नै पर्ने गरेका छन् । पोखराको अन्य ठाउँमा भन्दा लेकसाइडमा बस्नका लािग कोठ पाउन गाह्रो रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?