गृहमन्त्री लामिछानेले बोलाए ७७ वटै सीडीओ र सुरक्षा प्रमुखको बैठक

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे भर्चुअल बैठक डाकिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दिपक बोहोराले जानकारी दिए ।

उनका अनुसार बैठकमा आम नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?