
काठमाडौं : प्रतिनिधिसभाका दुई नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आले र नेपाली कांग्रेसकी सांसद माया राईले शपथग्रहण गरेका हुन् ।
गएको पुस ७ गते भएको शपथ कार्यक्रममा उनीहरू अनुपस्थित थिए ।
सिंहदरबारस्थित कानुन समितिको हलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनीहरूलाई शपथ गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?