प्रेस युनियन गण्डकी प्रदेशको अध्यक्षमा टङ्क अधिकारी

पोखरा : नेपाल प्रेस युनियन गण्डकी प्रदेशको अध्यक्षमा टङ्क अधिकारी निर्वाचित भएका छन्। बुधबार पोखरामा सम्पन्न प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश स्तरीय समितिमा सर्वसम्मत रूपमा नै पदाधिकारी तथा सदस्यहरू चुनिएका हुन्।

समितिको अध्यक्षमा कास्कीका टङ्क अधिकारी निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा कास्कीका माधव रेग्मी, महिला उपाध्यक्षमा पर्वतकी सङ्गीता केसी, समावेशी उपाध्यक्षमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) की शारदा झेडी मगर चयन भएका छन्।

यस्तै महासचिवमा गोरखाका प्रकाश ढकाल, कोषाध्यक्षमा लमजुङका सन्देश पौडेल, सचिवहरुमा बागलुङका नारायण रिजाल, गोरखाका मोहशिन अलिमिया, तनहुँकी अञ्जना तिमिल्सिना र लेखा समिति संयोजकमा स्याङ्जाका रामकृष्ण डुम्रे चयन भएका छन्।

सचिव नारायण रिजालका अनुसार कार्यसमिति सदस्यहरूमा तनहुँका शंकरराज नहर्की , कास्कीका गीता विष्ट, सुवास पौडेल र रीमा शाही, स्याङ्जाका खगेन्द्र भण्डारी र ऋषि बस्याल, नवलपुरका गोविन्द लामिछाने र प्रेमचन्द्र रौनियार, पर्वतका देवराज पुरी, लमजुङका नीरज अधिकारी र मनाङका बुद्धि गुरुङ चयन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?