काठमाडौं : जारी नेपाल टी-२० लिगमा ‘म्याच फिक्सिङ’/‘स्पोट फिक्सिङ’ का बारेमा केहीदिन यता विभिन्न समाचार आएपछि नेपाल क्रिकेट संघ (क्यान) ले मुख खोलेको छ ।
क्यानले म्याच फिक्सिङको बारेमा जानकारी भए प्रमाणसहित आउन चुनौती दिएको छ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बुधबार विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ भएको सूचनाप्रति क्यानको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
नेपाल टी-२० मा स्पट फिक्सिङ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमिल्सिनाले हिजो फेसबुक लाइभ गरेपछि विवाद उब्जिएको थियो । यस विषयमा नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेको बताएका थिए ।
यस विषयमा अनुशासन समितिमा आफूहरुले रिपोर्टसमेत गरेको उनले जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?