काठमाडौं : अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।
बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै आफ्नो क्षेत्रमा अवैध क्रसर रोक्न निर्देशन दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल लाइभलाई जानकारी दिए।
कानूनविपरीत, दर्ता नगरी तथा नवीकरण नभएका, संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न वुधबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्देशन दिएको हो ।
त्यस्तै, विभिन्न आयोजना, विकास तथा निर्माणको क्रममा सोही आयोजनाको लागि आवश्यक परिणाममा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग, निर्माण व्यावसायीले आयोजना समाप्त भएपश्चात पनि त्यस्तो उत्खनन् कार्य गरिरहेको भए सो समेत छानबिन गरी तत्काल बन्द गर्न गृहले निर्देशन दिएको जनाएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?