काठमाडौं : सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने भएका छन्। बुधबार बसेको बैठकले पूर्णता दिने निर्णय गरेको थियो।
बिहीबार सत्तारुढ दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको थियो।
सरकारको न्यूनतम कार्यक्रम ल्याएर सरकारले संसद्बाट विश्वासको मत ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुधबार बेलुका जानकारी दिए।
बैठकमा सङ्घीय सरकारलाई पूर्णता दिने र प्रदेश सरकार गठनलगायत मुलुकको समसामयिक राजनीतिक र सामाजिक विषयमा समेत छलफल भएको थियो।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?