पृथ्वी जयन्तीमा विदा दिएकोप्रति जसपाको आपत्ति

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले पुस २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति असहमति जनाएको छ।

जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले पृथ्वी जयन्तीका नाममा दिइएको विदाप्रति आफूहरूको फरक मत रहेको बताए।

‘पुस २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा सार्वजनिक बिदा दिने विषयलाई मस्यौदामा समेट्ने कुरासँग भने जसपाको असहमति रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने शर्त राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?