काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् ।
संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७५ को नियम १५२ बमोजिम प्रस्ताव गरेका हुन् ।
उनले देश संकटमा रहेको बताए । उनले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्याउन पनि राष्ट्रिय सहमति आवश्यक भएको बताए ।
प्रधानमन्त्री प्रचण्ड यसअघि २ दुईपटक ९–९ महिना प्रधानमन्त्री भएको बताए । तर, पहिलो कार्यालयमा पार्टी भित्रको आन्तरिक संघर्ष र बाहिरको कुुरामा नै रुमलिन पुगेको बताए ।
त्यसलाई आत्मलोचना गर्न आफूलाई कुनै समस्या नरहेको उनले बताए ।
जनचाहना अनुसार काम गर्ने पनि उनले प्रतिबद्धता जनाएका छन्








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?