
दमौली : तनहुँको व्यास -२ दमौली घर भई हाल बेलायत निवासी समाजसेवी एवं युवा अभियन्ता रजनजंग शाहीले मिर्गौला पीडितलाई सहयोग गरेका छन् । उनले मिर्गौला पीडित एक महिलालाई ४५ हजार आर्थिक सहयोग गरेका हुन ।
आँबुखैरेनी-३ निवासी ५१ वर्षीया मिना कुमारी थापाको उपचारार्थ शाहीले उक्त रकम सहयोग गरेका हुन् ।
दुवै मिर्गौला फेल भएकी थापाको उपचार सहयोगार्थ व्यास-५ स्थीत सिद्ध युवा क्लबले दमौलीमा शुक्रबार आयोजना गरेको कन्सर्ट कार्यक्रममा शाहीले पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको क्लवका अध्यक्ष प्रकाश थापाले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका शाहिले नेपालमा गीत संगीतको क्षेत्रमा राम्रो विकास भएको चर्चा गर्दै गीत संगीतले मानिसलाई उर्जा प्रदान गर्ने बताए ।
स्वास्थ्य भन्ने कुरा मानिसका लागि अमूल्य सम्पत्ति भएकोले स्वास्थ्यप्रति सबै सजग हुनुपर्नेमा जोड दिँदै शाहिले मृगौला पीडितको जीवनरक्षाको लागि गरिएको सांगीतिक कार्यक्रम उदाहरणीय कार्य रहेको बताए ।
उक्त रकम शाही , अमेरिका निवासी राजन त्रिपाठी , कृष्णजीवि पन्थ, कुवेत निवासी यादव पिया र जापान निवासि शिवहरि पौडेलद्वारा संकलन गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?