६९ जनाको मृत्यु भएको पुष्टि, तीन जनाको अवस्था अज्ञात

पोखरा विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यती एयरलाइन्सले आइतबार साँझ ७ बजेपछि विज्ञप्ति जारी गर्दै ६९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । एयरलाइन्सले तीन जनाको खोजी भइरहेको जनाएको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार जना र ६८ जना यात्रु रहेका थिए ।

६९ जनाको शव पोखरास्थित गण्डकी क्षेत्रीय अस्पतालमा राखिएको छ ।

अहिलेसम्म ११ जना शवको सनाखत भएको छ । बाँकीको सनाखत हुन सकेको छैन । सनाखत भएका शव सोमबार परिवारको जिम्मा लगाइने बताइएको छ । हराइरहेका तीन जनाको खोजी कार्य राति पनि जारी रहने प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?