दमौली : तनहुँको व्यास नगरपालिका-३ विपी वनवाटिकामा जारी पॉचौ तनहुँ जनजाति तथा सांस्कृतिक महोत्सव एक दिनका लागि स्थगित गरिएको छ । जहाज दुर्घटनाको शोकमा निर्धारित कार्यक्रम स्थगित गरेको आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
छिमेकी जिल्ला कास्कीको पोखरामा आइतवार भएको दुर्घटनाले सबै शोकमा रहेकाले महोत्सव स्थगित गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष सुजित हिराचनले जानकारी दिए ।
माघ ३ गते समापन हुने भनिएकामा माघ ४ गते समापन कार्यक्रम गरिने महोत्सवका प्रबक्ता नन्दु थापा मगरले बताए ।
पोखरा महानगरपालिका वडा नम्बर ७ र १५ को बीचमा आइतबार बिहान यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?