सत्ता गठबन्धनको भागबण्डा टुंगियो : कुन दलले कति मन्त्रालय पाए?

काठमाडौं : सत्ता गठबन्धन दलले शक्ति बाँडफाँट टुंग्याएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार राति अबेर सकिएको बैठकले मन्त्रिपरिषद् विस्तारमा भागबण्डा टुंग्याएको उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए।

उनका अनुसार मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरुको शपथ हुनेछ। बैठकले एमालेलाई सबैभन्दा धेरै ८ मन्त्रालय दिने सहमति जुटाएको हो।

एमालेबाट यसअघि विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बनिसकेका छन् भने तीन जना बिनाविभागीय मन्त्री छन्।

सत्ता गठबन्धनमा जुटेको सहमति अनुसार माओवादीले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाएको छ। माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनिसकेका छन्। माओवादीले एक राज्यमन्त्री पनि पाउनेछ।

राप्रपाले ३, रास्वपाले ३  र जसपाले २ मन्त्रालय पाउने सहमति भएको छ। राप्रपाले उपप्रधानसहित उर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। रास्वपाटका लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?