रास्वपाबाट उपभामुखमा इन्दिरा रानामगर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवार तय गरेको छ । आज बसेको संसदीय दलको बैठकले इन्दिरा रानामगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता डा. मुकुल ढकालले उम्मेदवारबारे निर्णय गरिएको जानकारी दिए ।

सत्ता गठबन्धनमा रास्वपालाई उपसभामुख भाग परेको छ । आजै उम्मेदवारी दर्ता हुने कार्यतालिका छ । उनको प्रस्तावकमा सोविता गौतम रहने निर्णय भएको छ ।

प्रतिनिधिसभाकाे शनिबार बस्ने बैठकमा उपसभामुख चयनका लागि मतविभाजन हुनेछ । सभामुखमा सत्ता गठबन्धनकाे समर्थनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?