आफ्नो भूमिकालाई निष्पक्ष बनाउने भन्दै उपसभामुख रानाले पार्टीबाट राजिनामा दिइन

काठमाडौं : उपसभामुख इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएकी छन् ।

प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएको र आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन त्यस पदमा रहिञ्जेल आफू आवद्ध पार्टी रास्वपाको सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट राजिनामा दिएको उनले विज्ञप्तिमा जनाएकी हुन् ।

उनले पदमा रहिञ्जेल आफू आवद्ध पार्टी रास्वपाको सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

राना शनिबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनबाट उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?