अदिकविमा आजदेखि अन्तर-संकाय सप्ताहव्यापी खेलकुद प्रतियोगिता सुरु

दमौली : तनहुँको व्यास नगरपालिका -१ भादगाउँ स्थित विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसले अन्तर संकाय सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ ।

क्याम्पसले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको नियमित प्रतियोगितालाई दिएको हो ।

प्रतियोगिता उद्घाटन गर्दै पुर्व क्याम्पस प्रमुख एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले खेलकुदले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने भएकाले पढाई संगै खेलकुदको कार्यक्रमहरु पनि संचालन गरिरहनु पर्नेमा जोड दिए । साथै उनले क्याम्पसको विकासमा सदैव नगरपालिका साथमा रहेको बताए ।

क्याम्पसको आयोजनामा  माघ ११ देखि १५ गते सम्म प्रतियोगिता सञ्चालन हुने निमित्त क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले बताए ।

क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक तिल बहादुर थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, उपाध्यक्ष खरसिं दरै, सदस्य मोहन गिरी , पुर्व क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने, सहायक क्याम्पस प्रमुख सगर पौडेल, पुर्व सहायक क्याम्पस प्रमुखहरु आत्माराम बास्तोला , सदाखर तिमिल्सिन, विभागीय प्रमुखहरु , लगातय प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

सप्ताहव्यापी प्रतियोगितामा अन्तरसंकाय फुटबल छात्र, भलिबल छात्र/छात्रा,डबल व्याडमिन्टन छात्र/छात्रा, डबल टेबुल टेनिस छात्र/छात्रा, डोरी तान्ने छात्रा(७/७ जना ), घैटो फुटाउने छात्र/छात्रा, म्युजिल चियर छात्र/छात्रा, लगायतका विधामा प्रतियोगिताहरु सञ्चालन हुनेछन् ।

३ वर्ष कारोना भाइरसका कारण खेलकुद कार्यक्रम आयोजना गर्न नसकेको क्याम्पस प्रमुख डा. अधिकारीले बताए । खेलकुद मेजर प्रतियोगितामा विजेताहरुले ट्रफी, मेडल,प्रमाणपत्र र नगद पाउने छन् ।

यस्तै क्याम्पसले प्राध्यापक र कर्मचारीहरु बिच ‘मैत्रीपूर्ण भोलिबल र घैटो फुटाउने प्रतियोगिता समेत आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?