काठमाडौं : नेकपा एकीकृत समाजवादी निटक विद्यार्थी संगठन अनेरास्ववियूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । अनेरास्ववियूले केन्द्रीय कमिटी पदाधिकारीको बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्री लामिछानेको राजीनमा मागेको हो ।
अनेरास्ववियूले मंगलबार संसद भवनको अगाडि एक युवकले आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्ने परिस्थिति बन्दै गर्दा समेत राज्यले कान नसुनेको रआँखा नदेखेर मस्तले सुतेको आरोप लगाएको छ ।
गृह प्रशासनको आँखै अगाडि एउटा सुन्दर सपना बोकेको युवा जलिरहँदा सुरक्षा निकाय, गृह मन्त्रालय मौन बसेको भन्दै गृहमन्त्रीको राजीनामा मागिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?