दमौली : तनहुँको व्यास नगरपालिका- १४ केशवटारमा ८ दिने उद्यमशिलता बिकास तालिम सम्पन्न भएको छ। गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रमले स्थानीय स्तरमा रहेका गरिबको रेखा मुनि रहेका व्यक्तिहरुलाई विभिन्न किसिमका उधमशिलता तथा सीप बिकास सम्बन्धि तालिम प्राप्त गरि आर्थिक अवस्था सुधार गर्ने लक्ष्यका साथ कार्यक्रम सम्पन्न भएको हो ।
खासगरी एक घर एक उत्पदन गरि उत्पादन भएको बस्तु बजारसम्म पुर्याइ आर्थिक अवस्था सुधार गर्ने नेपाल सरकारको चाहाना बमोजिम सयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम (युएडिपी ) र अस्ट्रेलियन सरकारको आर्थिक तथा प्राबिधिक सहयोआ संचालित लघु उद्यम बिकास कार्यक्रमको सफलता पस्चत नेपाल सरकारले २०६६/६७ देखि नै यसलाई गरिबी निबरणका लागि लघु उद्यम बिकास (मेडेप) को रूपमा कार्यान्वयन गरिरहेको छ।
नेपाल सरकारले कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन लघु उद्यम बिकास कार्यक्रम पाँच बर्षे रणनीतिक योजना र संचालन निर्देशिका २०७० स्वीकृत भइ हाल ७७ जिल्ला कार्यक्रम बिस्तार गरि कार्यक्रम संचालन भइरहेको छ ।
लघु उद्यम बिकास कार्यक्रमले स्थानीय स्रोत र सीपको परिचलन गरी स्थानीय स्तरमा नै रोजगारी सिर्जनाको मध्यमबाट गरिबी निबरण गर्ने यस उद्यम बिकास मोडेल उपयुुक्त भएकोले केन्द्रिय र स्थानीय तहहरुमा आर्थिक बर्ष २०७९/८० समेत स्वीकृत भइ कार्यक्रम संचालन भएको हो।
उक्त समापन कार्यक्रममा बोल्दै उपप्रमुख इन्दिरा दरैकोनेपाल सरकारको उद्यमशिलता कार्यक्रम संचालनले स्थानीय स्रोत र सीपलाई टेवा पुग्ने र जो गरिबीको रेखामुनी छ जो उद्यम गर्न चहाने ब्यक्तिहरुलाई नगरपालिकाले सहयोग गर्ने बताए ।
त्यस्तै कार्यक्रमका अध्यक्ष व्यास -१४ का वडा अध्यक्ष काजीमान श्रेष्ठ अतिथिहरुमा कार्यपलिका सदस्य चन्द्रमाया परियार,नरिमाया राना वडा सदस्य दुर्गा बहादुर आले,कृष्ण माया सुनार र वडा सचिब राजन थापाको समेत उपस्तिथि रहेको थियो।
कार्यक्रमको सहजकर्ताको रुपमा भुमिका खत्री र सुस्मिता थापा रहेको थियो भने कार्यक्रम सन्चलन भुमिका खत्रीले गरेका थिइन ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?