केपी ओली कपको विजेताले १० लाख पाउने

काठमाडौं : केपी ओली कप राष्ट्रियस्तरको गोल्डकप फुटबल प्रतियोगिता फागुन ११ देखि १७ सम्म राजधानीमा आयोजना हुने भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा हुने यस प्रतियोगिताका विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने आयोजक युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

उपविजेताले ५ लाख रुपैयाँ पाउने छ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका सात क्लब र एक आयोजक गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । सर्वोत्कृष्ट एक खेलाडीले १ लाख र उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ५० हजार पाउने संघका अध्यक्ष किरण पौडेलले जानकारी गराए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुने प्रतियोगिताका प्रत्येक खेलको विजेता टोलीले २५ हजार र हरेक खेलको म्यान अफ द म्याचले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदानसहित दशरथ रंगशालामा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?