दमौली : शहीद दिवसको अवसरमा व्यास नगरपालिकाले सोमबार आयोजना गरेको छैटौं अल्ट्रा म्याराथनको उपाधि व्यास नगरपालिका-७ का २६ वर्षीय विशाल गुरुङले जितेका छन्।
व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किमि दूरी तीन घण्टा २८ मिनेट २६ सेकेन्डमा पार गर्दै गुरुङले उपाधि जितेका हुन् ।
प्रतियोगितामा व्यास -६ का साहास पन्थ द्वितीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा ३६ मिनेट ३८ सेकेन्डमा पार गरेका छन् । यस्तै आँबखैरेनी-१ सनम गुरुङ तृतीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा ३८ मिनेट ३१ सेकेन्डमा पार गरेका छन् ।
म्याराथनमा प्रथम हुनेलाई रु ६१ हजार , द्वितीय हुनेलाई रु ५१ हजार , तृतीय हुनेलाई रु ३८ हजार नगद प्रदान गरिने व्यास नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए ।
यसैगरी व्यास -६का प्रमिश गुरुङ, भानु -३ का राम बहादुर नेपाली, व्यास-१ का प्रविन थापा मगर सान्त्वना भएका छन् । उनीहरुलाई जनही रु १५ हजार ५ सय प्रदान गरिएको छ ।
प्रतियोगितामा ५७ धावकको सहभागिता रहेको थियो ।
म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङ शहीद स्मारक पार्कमा पुगेर सकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?