१० औं नेसनल प्याब्सन खेलकुद महोत्सवमा मनास्लु स्कूल च्याम्पियन

दमौली । १० औं नेसनल प्याब्सन खेलकुद महोत्सवमा मनास्लु बोर्डिङ स्कूल च्याम्पियन भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) तनहुँको आयोजनामा दमौलीमा आइतबार सम्पन्न भएको १० औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत कूल १४  अंक सहित बन्दीपुर गाउँपालिका–१ स्थित मनास्लु बोर्डिङ स्कूल च्याम्पियन भएको हो ।

मनास्लु बोर्डिङ स्कूलले सात स्वर्ण, तीन रजत र चार कास्य पदक जितेको थियो  । त्यसै आठौ र नवौं खेलकुद महोत्सवको च्याम्पियन व्यास नगरपालिका–५ स्थित ग्रिनस्टार बोर्डिङ स्कूलले छ स्वर्ण, पाँच रजत र दुई कास्य पदक जित निकाल्दै  द्वितिय र दुई स्वर्ण, दुई रजत र एक कास्य पदक जित्दै  लालीगुराँस बोर्डिङ स्कूल तृतिय भयो ।

ब्राइट भिलेजले चार, न्यु मनकामनाले चार, दमौली सेकेण्डरीले तीन, दोभानले दुई, सतिशले दुई, फिस्टेलले चार, तनहुँ ज्ञानगङ्गाले चार, जयबुद्धले दुई, व्यास मनकामनाले तीन, न्यु मनसुन, तनहुँ तारापुञ्ज, मोर्डन चिल्ड्रेन, आदर्श विद्यागृह, न्यु भिजन र पराशरले एक एक पदक जितेको थियो ।

माघ १३ गते देखि दमौलीमा संचालन भएको उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध १८ बिद्यालयका करिब ५ सय खेलाडीहरु सहभागि भएको एन प्याब्सन तनहुँका अध्यक्ष रामकृष्ण विकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?