रवि लामिछानेको पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजी गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

सिन्धुलीका युवराज पौडेल (सफल) ले एउटा गैरनागरिक उपप्रधान तथा गृहमन्त्री हुँदा राष्ट्रिय गोपनीयता भंग हुने रास्वपा तत्काल खारेज गर्नुपर्ने भन्दै उजुरी दिएका हुन् ।

उनले सो पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले खारेजी गर्न माग गरेका छन।

गत साता सर्वोच्च अदालतले नेपाली नागरिकता नलिइकन प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको भन्दै उपप्रधान तथा गृहमन्त्री र सांसद पद खारेज गरिदिएपछि लामिछाने दुवै पदबाट मुक्त भएका थिए । त्यसको अर्को दिन जिल्ला प्रशासन कार्यालयबाट लामिछानेले नागरिकताको प्रतिलिपि लिएका थिए ।

केही दिनअघि पनि लामिछानेले निष्क्रिय नागरिकता प्रयोग गरी राहदानी लिएको भन्दै पौडेलले प्रहरीमा जाहेरी लिएर गए पनि उक्त निवेदन प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?