नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउ

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । उनी बाँकेको कोहलपुरबाट पक्राउ परेका प्रहरीले जानकारी दिए ।

पोखरेलका अनुसार उनलाई अहिले कोहलपुरबाट कैलाली लगिँदै छ । आगजनी मुद्दामा कैलाली जिल्ला अदालतबाट करिब १० वर्षअघि चौधरीसहित तीनजनालाई जनही ६ महिना कैद फैसला भएको थियो ।

दोषी ठहर भएकामध्ये एकजनालाई प्रहरीले गत बुधबार टीकापुरबाट पक्राउ गरेपछि सांसद चौधरीसमेत फरारको सूचीमा रहेको सार्वजनिक भएको थियो ।

साबिक बलिया गाविस– ५ का महादेव बजगाईंले आफ्नो ट्रयाक्टरमा आगजनी गरेको भन्दै तीनजनाविरुद्ध दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?