अतिक्रमित नेपाली भूभाग फिर्ता गर्नुपर्ने माग राख्दै प्रजिअ मार्फत् सरकारलाई मागपत्र

दमौली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भारतद्वारा अतिक्रमित नेपाली भूभाग फिर्ता गर्नुपर्ने माग राख्दै तनहुँका प्रमुख जिल्ला अधिकारी मार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा बहुमत तनहुँले आइतबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजात मार्फत् सरकारलाई राष्ट्रिय माग र बुँदे राष्ट्रिय मुद्दा सहित ४४ बुँदे  माग पत्र बुझाएको हो।

देशको राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतालाई आँच पुग्न नदिन आफ्नो सङ्गठन जस्तोसुकै बलिदानी गर्न पनि तयार रहेको बताएका छन् ।

सत्ताका बसेका दलालहरूले देखाउने नक्कली राष्ट्रवादको खोक्रो भाषणका कारण पटकपटक नेपाली जनताहरूले सीमा नाकामा, सीमा नजिकका विभागहरूमा वर्षौंदेखि दुःख पाइरहेको उनको भनाइ थियो ।

मागपात्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?