
काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले शनिबार भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ ।
चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा दुवै टोलीले पाएको केही राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
नेपालले बुधबार सम्पन्न पहिलो मैत्रीपूर्णमा २–२ को बराबरी खेलेको थियो । पहिलो खेलमा नेपालले दुई गोलले पछि परेको स्थितिमा २–२ को बराबरी गरेको थियो ।
नेपालले काठमाडौंमै सम्पन्न साफ महिला च्याम्पियनसिपपछि भारतविरुद्ध पहिलोपटक खेलेको हो । गत भदौमा दशरथ रंगशालामा सम्पन्न साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?