नेपाल गृह श्रमिक संघ तनहुँको अध्यक्षमा रेग्मी चयन

दमौली :  नेपाल गृह श्रमिक संघ तनहुँको जिल्ला अध्यक्षमा शुक्लागण्डकी-८ कि टिकामाया पौडेल रेग्मी चयन भएकी छिन ।शुक्लागण्डकी -४ दुलेगौंडामा आइतवार भएको जिल्ला भेलावाट रेग्मी अध्यक्षमा चयन भएको हो।

जिल्ला भेलाको उद्घाटन गर्दै संघकी गण्डकी प्रदेश संयोजक अधिवक्ता गिता लामिछानेले देशको अर्थतन्त्र सुधार गर्नको लागि राज्य संगसंगै घरमा वसेर आयआर्जन गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरुको समेत महत्वपुर्ण भुमिका हुने वताए।

भेलाले अध्यक्षमा टिकामाया पौडेल रेग्मी संगै उपाध्यक्षमा मञ्जु कुमारी श्रेष्ठ,सचिवमा अञ्जु सिं ठकुरी,कोषाध्यक्षमा पवित्रा वोहोरा पराजुली,सह-सचिवमा युनिक लम्साल,सदस्यहरुमा तुलसी शाह,सरिता वि.क,धन कुमारी आले,मधु श्रेष्ठ,दिपा वाग्ले,सुमित्रा वस्नेत र सरिता विक चयन भएका छन्।

त्यसैगरि भेलाले क्या.दिपक वहादुर क्षेत्री र तुलसी शाहलाई प्रदेश प्रतिनिधि चयन गरेको छ।

नेपाली काँग्रेस शुक्लागण्डकीका सभापति गोपि वहादुर गुरुङ्गको अध्यक्षतामा भएको भेलामा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लिराम अधिकारी,नेपाली काँग्रेस शुक्लागण्डकीका उपसभापति कृष्णप्रसाद रेग्मी,नगर सचिव शिव रेग्मी लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?